दाहालदेखि महन्थ ठाकुरसम्म पराजित

Mahantha-Thakurकाठमाडौं, ८ मंसिर । संविधानसभाको दोस्रो निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरु पनि पराजित भएका छन् ।

पराजित हुनेमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादी नेता बाबुराम भट्टराईपनि रहेका छन् । दाहाल काठमाडौं–१० मा पराजित भए पनि सिराहा–५ मा भने विजयी भएका छन् ।

एमाले अध्यक्ष खनाल सर्लाही–१ मा पराजित भएका छन् । यद्यपि, खनाल गृह जिल्ला इलाममा विजयी भएका छन् । भट्टराई रुपन्देही–४ मा पराजित भए पनि गृह जिल्ला गोरखा–१ मा विजयी भए ।

त्यसै गरी एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ मकवानपुर–३, नुवाकोट–३ बाट पोष्टबहादुर बोगटी, काठमाडौं–७ बाट हिसिला यमी, काठमाडौं–९ बाट देवेन्द्र पौडेल, काठमाडौं–२ बाट लीलामणि पोखरेल, चितवन–५ बाट अमिक शेरचन, मोरङ–९ मा वर्षमान पुन पराजित भएका छन् ।

कैलाली–५ बाट एमाओवादीकै लेखराज भट्ट, बाँके–४ मा पूर्णकुमारी सुवेदी, झापा–७ मा गोपाल किराँती, धनुषा–१ मा रामचन्द्र झा, पर्सा–५ मा उर्मिला अर्याल, धादिङ–३ मा शालिकराम जमरकट्टेल र गुल्मी–३ बाट वामदेव क्षेत्री पराजित भएका छन् ।

एमालेका महासचिव ईश्वर पोखरेल काठमाडौं–५, सचिव शंकर पोखरेल दाङ–४, प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली गुल्मी–२, पृथ्वी सुब्बा गुरुङ लमजुङ–२, घनश्याम भुसाल रुपन्देही–३, योगश भट्टराई काठमाडौं–६, कृष्णगोपाल श्रेष्ठ काठमाडौं–९, जीवनराम श्रेष्ठ काठमाडौं–८, रघुजी पन्त ललितपुर–३, रामनाथ ढकाल रुपन्देही–५, गुरु बराल मोरङ–३ बाट पराजित भएका छन् ।

त्यस्तै कांग्रेसबाट मोरङ–१ मा आमोदप्रसाद उपाध्याय, कपिलवस्तु–१ दीपकुमार उपाध्याय, रुपन्देही–२ रामकृष्ण ताम्राकार, रौतहट–२ मोहम्मद आफ्ताव आलम, अर्घाखाँची–२ पुष्पा भुसाल, कास्की–४ महादेव गुरुङ, बारा–५ उमाकान्त चौधरी, बर्दिया–४ किशोरसिंह राठोर र झापा–१ बाट विश्वप्रकाश शर्मा पराजित भएका छन् ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव मोरङ–५, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मोरङ–७, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर सर्लाही, तमलोपाका नेता ह्दयेश त्रिपाठी नवलपरासी, संघीय सद्भावनाका अनिल झा रौतहट–१, सर्लाहीमा सदभावनाका अध्यक्ष राजेन्द्र महतो पनि पराजित भएका छन् ।

प्रतिक्रिया