गजल

saru_aasthaआँगनको डिल मासियो के हेरेर बस्छौ अझै
देउता पनि प्रबासियो के हेरेर बस्छौ अझै

तिमी आसन मात्र खोज्छौ माटो घट्दा चिन्ता छैन
सीमाको साँध भत्किदियो के हेरेर बस्छौ अझै

हावा, पानी, प्रकृति नि छिमेकीले दाबा गरे
विश्वासको ढल्यो मियो के हेरेर बस्छौ अझै

गर्छिन् चीत्कार आमा सधैं सन्तान ती कता लागे
मन्दिरको निभ्यो दियो के हेरेर बस्छौ अझै

लुम्बिनी भो रणमैदान जानकीधाम भट्टीखाना
बुद्धले नि सराब पियो के हेरेर बस्छौ अझै

प्रतिक्रिया