यसरी कहाँ रुने थिएँ र

tiak_chamlingयी दु:खहरू नभए सायद
म पनि कहाँ हुने थिएँ र
एकैपल हाँस्न अनेकौंपल्ट
यसरी कहाँ रुने थिएँ र

चिसिए कति अगेना तर
निभेन कहिल्यै मनको दियालो
हटाए पनि अँध्यारोबीच
थाकेन पाइला बिराई गोरेटो
यी बाधाहरू नभए सायद
म पनि कहाँ हुने थिएँ र
एकैपल हाँस्न अनेकौंपल्ट
यसरी कहाँ रुने थिएँ र

कतिले ठाने मलाई नै मूर्ख
कतिले देखे मभित्र दम्भ
बुझेन तर स्वाभिमान मेरो
हिमचुलीजस्तो दिगो स्तम्भ
यी घाउहरू नभए सायद
म पनि कहाँ हुने थिएँ र
एकैपल हाँस्न अनेकौंपल्ट
यसरी कहाँ रुने थिएँ र !

प्रतिक्रिया