यो राष्ट्रले कति सम्म मर्नु पर्ने हो ?

anil-yogi-jpgएकथान संविधान बनाउन नेपाली जनताका लागि अत्यन्तै महँगो भाग दुई संविधानसभा किन आबश्यक भयो भन्ने विचारलाई कुनै पनि पक्षले सुनुवाई गर्न चाहेनन् । संविधानसभा नै सबै समस्या समाधानको अचुक उपाए हो भनियो र देश निर्वाचन मय पनि भयो र यतिबेला मत गणना पनि भई रहेको छ । मतगणना सुरु भएको आधारात पछि एमाओवादीले चुनावमा धादली भयो भनेर मत गणना रोक्न अपिल मात्र गरेन पत्रकार सम्मेलन मार्फत यो संविधानसभामा नजाने सार्वजनिक रूपमा बताई सकेको छ । कसैले माने पनि नमाने पनि देश फेरि अर्को चरणको विवादमा परिसकेको छ । यी सबै तिकड्मवाजी हेर्दा संविधानसभाबाट संविधान नबन्ने लगभग पक्काजस्तै भएको छ । उसो त प्रचण्डले आºनो पार्टीलाई बहुमत नदिने हो भने संविधान नबन्ने ठोकुवा चुनावअगावै गर्दै आएका थिए । जनताको प्रश्न यति के मात्र हो लोकतन्त्रको नाममा यो राष्ट्रले कतिसम्म मर्नु पर्ने हो ?
चुनावताका प्रचण्डको भाषा अत्यन्तै असन्तुलित र अमर्यादित थियो । प्रचण्डको अमर्यादित गालि गलोजको भाषणले तालि पनि राम्रै पाएको हो ति तालीमात्र थिए प्रचण्डलाई आउने मत थिएनन् । आफनो राजपाठ सहज रूपमा छोडेर गएका राजालाई भाई माराको संज्ञादिदै यो कथित परिवर्तन तिनका पाउमा दाम राखेर ढोग्नेहरूले ल्याएको होइन भनेर संसद्वादीलाई ललकारेका थिए । यदी राजा भाईमारा,देशमारा थिए भने, प्रचण्ड लोकतन्त्र वा प्रजातन्त्र र न्यायपुर्ण राज्य बेबस्थाका पक्षमा थिए भने आफु प्रधानमन्त्री हुँदा राजा ज्ञानेन्द्रलाई जेलमा राख्न सक्नु उनको बाहादुरी हुन सक्थ्यो । आफु हजारौ निमुखा जनताका छोरा छोरीको रगतको भेल बगाएर सत्तामा आउनेले राजा ज्ञानेन्द्रलाई गालि गरेर जनतासँग मत माग्नु आश्चर्यको विषय नै थियो नेपाली जनताले तिनको भाषणवाजी भित्रको चालवाजी बुझेका थिए ।
लोकतन्त्र संस्थागत गर्ने नाममा बिदेशीको योजना पुरा गर्न प्रचण्डले देश भक्तहरूलाई गालि गलोज गर्दै पुर्ण रूपमा उपेक्षा मात्र गरेका थिएनन् आफनै सहयात्रीहरूलाई समेत दवाएर चुनावमा जाने मुर्खता गरेका थिए । प्रचण्ड इमान्दार थिए भने जनताको अभिमतलाई स्वीकार गर्नु आफनो धर्म ठान्य थिए । संसदवादी र राजावादीहरूलाई मत दिने र ठूला पार्टी बनाउने सुकिला मुकिलाहरू र प्रचण्डलाई मत नदिने र सानो पार्टी बनाउने जनता प्रचण्डका लागि अव बैरी हुनेछन । राजावादी र संसदवादीहरू को बहुमत भएको सभामा सगै बस्नु प्रचण्डलाई सुहाउने कुरा पनि हुँने छैन । प्रचण्डलाई हेक्का होला देशलाई युद्ध अवस्थाकै जस्तो अवस्थामा पर्यायर भए पनि चुनाव गराउन अग्रसर भएका थिए । संसदवादी र राजाबादीहरू ब्ैद्धे माओवादीलाई बाहिर राख्नु गल्ती भयो भन्दै थिए भने प्रचण्ड दशहाथ माथि उठेर यो काम राम्रो भयो भनिरहेका थिए ।
आफनो दशवर्ष युद्धको अवस्थामा राजनीतिक यात्रामा संगै आएका सहयात्रीहरूले खिलराज रेग्मीले प्रधानन्यायाधिश पदबाट राजिनामा दिए भने हामी चुनावमा भाग लिन्छौं भन्दा पनि प्रचण्ड वैद्य माओवादी र अन्यदलहरू प्रति सकारात्मक हुन चाहेनन् । प्रचण्डले पुर्वराजालाई गालि गर्दै गर्दा पूर्वराजा ज्ञोनेन्द्र शाहले देश सहज मार्गमा जान्छ भने म राजगद्धी छोड्छु भनेर सहज रूपमा दरवारबाट बाहिरियको परिघटनालाई सम्झना गर्न आबश्यक ठानेनन् । खिलराज रेग्मीले राजिनामा दिन मिल्दैन भनेर वकालत गर्दै चुनावमा सहभागि भएको तत्थे आम नेपालीका सामु जगजाहेर छ । प्रचण्ड लगायत सबै राजनीतिक दलका नेताहरू को पराधिन राजनीतिक चिन्तन र अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको गोल चक्करमा मुलुक नराम्रोसँग फसिसकेको छ ।
आजको अवस्था आउन सक्छ भनेर जानेका देशका स्वतन्त्र बौद्धिकहरूले सबैको सहमतिमा मात्र निर्वाचनमा जानु उपयुक्त हुनेछ भन्ने विचारलाई सबैले पुर्ण रूपमा उपेक्षा गरेको अवस्थामा यो संविधानसभाको निर्वाचन सम्पन्न भएको हो । यसले देशलाई समाधान दिनुपर्छ, जनताको मत पनि त्यसैका आधारमा अभिब्यक्त भएको छ । एमाओवादीले जनताको मतलाई कदर गर्ने हिम्मत गर्न सक्नु पर्दछ । एक हप्ता अगाडी सम्म लोकतन्त्रको पाठ वैद्ये माओवादीलाई पढाउने प्रचण्डले यो चुनावी परिणामलाई अस्वीकार गर्नु भनेको मूर्खतासिवाय अरू केही हुन सक्दैन ।
नेपाली जनता विदेशीका योजनामा देश हाँक्न खोज्ने राजनीतिक दलका नेताजस्तै अनाडी र अविवेकी छैनन् भन्ने कुरा जनताको अभिमत बलियो प्रमाणका रूपमा प्रस्तुत भएको छ । नेपाली जनता एकताका पक्षमा छन्, शान्ति र राष्ट्रको प्रगतिका पक्षमा छन् भन्ने कुरा आºनो मतका माध्यमबाट प्रस्ट गरेका छन् । यो जनमतलाई इन्कार गर्ने कुनै पनि अधिनायकवादी राजनीतिक शक्तिलाई नेपाली जनताले अब साथ–सहयोग गर्ने छैनन् भन्ने कुरा सावित भएको छ ।
नेपाली जनता अचेत छैनन् र सचेत छन् भने प्रचण्डले भनेजस्तो लोकतन्त्रमा नेपालमा उनको मात्र एकछत्र राज चल्ने अवस्था आउँदैन । उनले जे भन्छन् त्यो नै देववाणी हो भने दास मानसिकताबाट नेपालीहरू मुक्त हुन जरुरी छ । प्रचण्डसँग यो मुलुक निर्माण गर्ने कुनै प्रकारको योजना छैन । उनको योजना भनेको आफू सत्ताको शिखरमा निरन्तर बसिराख्ने भन्ने मात्र हो । योभन्दा फरक योजना प्रचण्डसँग छ भन्ने कसैले भ्रम पालेको छ भने उसले समयमै त्यो भ्रमबाट मुक्त हुँदा उत्तम हुनेछ ।

प्रतिक्रिया