‘यो जित प्युठानी जनताको’

मंसिर, ८ प्यूठान । दोश्रो संविधासभा निर्वाचनबाट नेकपा एमाले पहिलो शक्ति बन्ने पार्टी उपाध्यक्ष बामदेव गौतमले बताएका छन् । राजनीतिक स्थिरताको अन्त्य र शुसासनको लागि संविधान निर्माण अपरिहार्य भएको बताउदै उनले त्यसका लागि एमाले पहिलो शक्ति हुनुको विकल्प नरहेको उल्लेख गरे ।

शुक्रवार निर्वाचित प्रमाणपत्र ग्रहण गरेपछि विजुवारमा भएको विजयी सभालाई सम्वोधन गर्दै गौतमले एमाओवादी जनमतबाट पछि हटन खोजेको बताए । ‘एमाओवादीमा युद्दको धङधङ्घी रहेछ ।’ ,एमाओवादीले मतपरिणाम वहिष्कार गरेको सन्दर्भ कोट्याउादै उनले भने,‘एकपटक जित्दैमा पटक–पटक जितिन्छ भन्ने छैन उसको नीति र व्यवहारले प्रष्ट्याउने विषय हो ।’
जनमतको अपमान गर्नु अधिनायकबाद र अप्रजातान्त्रिक पराकाष्ट भएको उल्लेख गर्दै जनताको परिणामलाई स्वीकार गरेर संविधान निर्माणमा सहभागी हुन एमाओवादीलाई आग्रह गरे । उनले भने,‘संविधान निर्माणका लाग लागि प्रचण्लाई यो अवसर हो ।’
३४ बुादे प्रतिबद्दता सहित प्यूठान क्षेत्र नम्वर १ बाट विजयी हासिल गरेका गौतमले प्यूठान जिल्ला पहिचान अनुसारको विकासको गतिमा अघि बढ्ने दावी गरे । मातृभूमिको स्नेहले प्यूठानी माटोमा आफ्नो जीवन आहुती दिने प्रण गर्दै उनले भने,‘यो जित बामदेव, एमालेको मात्र नभई प्यूठानी जनताको हो ।’

प्रतिक्रिया