काठमाडौं दशमा कांग्रेसका केसी विजयी

Rajendra Prasad Kcकाठमाडौं, ६ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार केसीले २० हजार ३ सय ९२ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका सुरेन्द्र मानन्धरलाई पराजित गरेका हुन् । मानन्धरले १३ हजार ६ सय १९ मत प्राप्त गरेका छन् ।

काठमाडौंको दश नम्बर क्षेत्रमा ३९ उम्मेदवार प्रतिस्पर्धी थिए । एमाओवादीका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२ हजार ८ सय ५९ प्राप्त गरेर पराजित भएका छन् । अघिल्लो संविधानसभामा दाहाल सो क्षेत्रबाट विजयी भएका थिए ।

यसैबीच, केसीले एमाओवादी अध्यक्ष दाहाललाई जनताको मतपरिणाम स्वीकार्न आग्रह गरेका छन् । ‘लोकतान्त्रिक मूल्यमान्यतालाई सबैले स्वीकार्नु पर्छ,’ उनले भने, ‘पहिलो संविधानसभामा मैले पनि मतपरिणाम स्वीकारेको थिए ।’

काठमाडौं दशमा अघिल्लो संविधानसभा निर्वाचनमा अध्यक्ष दाहालले केसीलाई पराजित गरेका थिए । यस पटक दाहाल निकटतम प्रतिद्वन्द्वी पनि हुन सकेनन् ।

प्रतिक्रिया