निताको ४ वर्ष लामो प्रेमसम्बन्ध टुट्यो

nita_dhunganaकाठमाडौ, ६ मंसिर । नेपाली चलचित्र क्षेत्रकी सबैभन्दा कान्छी अभिनेत्री निता ढुंगानाले आफ्नो पहिलो प्रेम टुटेको बताएकी छन् । २२ वर्षीया अभिनेत्री निताको ४ वर्ष लामो प्रेमसम्बन्ध टुटेको हो । केही समयअगाडि सौर्य दैनिककै एक अन्तर्वार्ताको क्रममा अभिनेत्री निताले आफ्नो प्रेमी कलाकारितालाई राम्रो किसिमले बुझ्ने पाएको बताएकी थिइन् । उनले सो प्रेमीसँग विवाह पनि गर्ने बताएकी थिइन् । प्रेमीसँगको विछोडको बारेमा अभिनेत्री नितालाई फोन सम्र्पक गरेर बुझ्दा आफ्नो अहिले कुनै युवकसँग प्रेमसम्बन्ध नरहेको बताइन् ।

प्रेमको बारेमा कुराकानी नगर्ने बताउँदै भए पनि अभिनेत्री निताले आफ्नो अन्तर्वार्तामा भनेको प्रेमीसँग अहिले प्रेमसम्बन्धमा नरहेको बताइन् । उनले भनिन्, ‘मलाई प्रेमको बारेमा केही कुराकानी गर्ने मन छैन, अन्य प्रसंगमा भए कुराकानी गर्छु । पहिले दिएको अन्र्तवार्ताको प्रेमीसँग छुटिसकेको छ ।’ उनले छुटिसकेको प्रेमीको नाम भन्न नसक्ने पनि बताइन् ।
अभिनेत्री निताको ४ वर्ष लामो प्रेमसम्बन्ध रहेको बुझिएको छ । नीता र उनको प्रेमीबीच लामै समय डेटिङ पनि चलेको बुझिएको छ । उनीहरू प्रेममा रहँदा निक्कै नजिक पनि रहेका थिए । प्रेमसम्बन्धमा रहँदा नीता प्रेमीसँग फोनमा निक्कै व्यस्त हुने गरेको उनी निकट साथीहरू बताउँछन् । हालसम्म १५ वटा चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री निता पछिल्लो समयमा निकै व्यस्त र चलेको अभिनेत्रीहरूको भिडमा अगाडि छन् ।

प्रतिक्रिया