काठमाडौं, ५ मंसिर । काठमाडौं क्षेत्र नम्बर एकमा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले प्रतिद्वन्द्वीहरुलाई फराकिलो मतले पछि पारेका छन् ।
सिंहलाई एमालेकी विद्या न्यौपानेले पच्छ्याई रहेकी छन् । त्यसै गरी तेस्रो स्थानमा राप्रपा नेपालका भरत जंगम रहेका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालकी पुत्री रेणु दाहाल चौथो स्थानबाट पच्छ्याई रहेकी छन् । दाहालले आफ्नी छोरी रेणुलाई काठमाडौं क्षेत्र नम्बर एकबाट उम्मेदवार बनाएर एकाएक चर्चित बनाएका थिए ।
अध्यक्ष दाहालले आफ्नी कान्छि बुहारी बीना मगरलाई पनि कञ्चनपुरमा उम्मेदवार बनाएका छन् । दाहालले बीना र रेणुलाई जिताउन विभिन्न प्रयास समेत गरिसकेका छन् ।
प्रतिक्रिया