महोत्तरी : बथनाहा गाविसको भैगुलो जनता माध्यमिक विद्यालयको मतदान केन्द्रमा अरुको नाउँमा भोट खसाल्न खोज्ने चारजना महिलालाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त केन्द्र महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्दछ ।
बथनाहा–१ घर भएका परिचयपत्र नम्बर २५३ का ममता कुमारी झा, परिचयपत्र नम्बर ८७ का गम्भीरा झा, परिचयपत्र नम्बर २७३ का मीरादेवी झा र परिचयपत्र नम्बर २५० का लिलम झाको नाउँमा भोट खसाल्न आएका चारजनालाई स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
उनीहरुलाई मतदान सहयोगीको रुपमा खटिएका दलका प्रतिनिधिहरुले परिचयपत्र र अनुहार मिलाउँदा फरक देखिएपछि मतदान गर्नबाट वञ्चित गरिएको हो । (सौस)
प्रतिक्रिया