काठमाडौं, ४ मंसिर । राष्ट्रपति डा. रामवरण यादवले काठमाडौंको महाराजगञ्जस्थित कान्ति मिलन मतदान केन्द्र मतदानको अवलोकन गरेका छन् ।
डा.यादव मतदान प्रक्रिया सुरु भएको केही समय लगत्तै सहयोगी र सुरक्षाकर्मीसहित केन्द्रमा पुगेर मतदानमा सहभागीहरुको उत्साह बढाएको आयोगले जनाएको छ ।
सो मतदान केन्द्र राष्ट्रपति भवन शीतल निवासको ठीक अगाडि रहेको छ । डा.यादवले आफूले भने मतदान गरेका छैनन् । राष्ट्र प्रमुख तटस्थ बस्नु पर्ने भन्दै उनले मतदानमा भाग नलिएका हुन् ।
यसैबीच, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलले पनि काठमाडौं क्षेत्र नम्बर ५ स्थित विशाल मिलन केन्द्रस्थित मतदान केन्द्रमा मतदान गरेका छन् ।
प्रतिक्रिया