धनगढी, ४ मंसिर । बझाङ जिल्लास्थित पाटादेवल उच्च माध्यामिक विद्यालयको मदतान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा प्रभावित भएको मतदान सुचारु भएको छ ।
क्षेत्र नम्वर १ को पाटादेवल गाविसमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भए पछि मतदान झण्डै एकघण्टा ढिला सुरु भएको हो । सो केन्द्रमा उल्लेख्य सुरक्षाकर्मी तैनाथ गरेर मतदान सुचारु गरिएको बझाङका प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमल्सिनाले जानकारी दिए ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय सदरमुकाम डोटीबाट हेलिकप्टर मार्फत नेपाली सेना र प्रहरीको टोली पाटादेवलमा पुर्याईएको छ ।
बझाङमा १ सय ५० मतदान केन्द्र मध्ये पाटादेवल केन्द्र बाहेक अन्यमा निर्धारित समयमा मतदान सुरु भइसकेको छ ।
प्रतिक्रिया