काठमाडौ, ४ मंसिर । संयुक्त अरव इमिरेट्सको दुबईमा जारी टि–२० विश्व कप क्रिकेटको छनौट चरण अन्र्तगत सोमवार भएको तेश्रो खेलमा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।
नेपालका लागि विनोद भण्डारीले २८, पारस खड्काले २७, शरद भेषावकरले १६ र ज्ञानेन्द्र मल्ले १४ रन बनाए । १ सय ३८ रनको लक्ष्य पछयाएको स्कटल्यान्डले ४ बल बाकी छदै २ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । स्कटल्यान्डका लागि कलुम म्याकलियोडले अविजित ८२ रन बनाए । यसअघि नेपालले पहिलो खेलमा डेनमार्कलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा केन्या नेपाल सग ६ विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया