पौने ८ अर्बको चुनाव

Elecatationकाठमाडौं ।  दोस्रो संविधानसभा चुनाव पौने ८ अर्ब खर्चमा सम्पन्न हुने भएको छ । चुनावका लागि ७ अर्ब ७५ करोड खर्च हुने अनुमान गरिएको छ । विदेशी सहयोगअन्तर्गत शान्ति कोषमार्फत ४ अर्ब ७५ करोड र सरकारले ३ अर्ब प्रदान गरेको छ ।

जापानले २० करोड बराबरका ठूलो खालका मतपेटिका, स्टिकर, सिलजस्ता नौ प्रकारका चुनावी सामग्री आयोगलाई सहयोग गरेको छ । चीनले १६ करोडबराबरका मतदानका दिन मात्र प्रयोग हुने गुलस्टिक, क्यालकुलेटर, कलमलगायत १६ प्रकारका सामग्री सहयोग गरेको छ । भारतले चुनावी प्रयोजनका लागि गृह मन्त्रालयलाई सहयोगस्वरूप ट्रक, जिप, पानी टयांकर र कारसहितका ७ सय १६ वटा यातायातका साधन उपलब्ध गराएको छ ।

 

प्रतिक्रिया