बर्दियामा निर्वाचनको तयारी पूरा

बर्दिया, ४ मंसिर । संविधानसभा निर्वाचनका लागि बर्दिया जिल्लामा आवश्यक सवै तयारी पुरा भएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ४ वटै निर्वाचन क्षेत्रका कुल ३ सय १५ मतदान केन्द्रमा प्रत्येक केन्द्रमा १/१ जनाका दरले मतदान अधिकृत, सहायक मतदान अधिकृत, ३ जना कार्यालय सहायक र २ जना सहयोगि कर्मचारीहरु तथा मतदाताको संख्याको अनुपातमा ४ देखि ५ जना सम्म स्वयम सेवक गरी करिव २ हजार ४ सय जनशक्ति परिचालन गरिएको छ ।
मतदान केन्द्मा खटिएको टोलीले कार्यस्थलमा गई मतदान केन्द्र निर्माण तथा मतदाता परिचय पत्र वितरण कार्य सम्पन्न गरेको छ । त्यसैगरी प्रत्येक मतदान केन्द्रमा प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले ३ वटा घेरा बनाई सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी मानबहादुर विकले बताए । उनले भारतिय सीमा २ गते विहान देखि बन्द गरिएको र ३ गते राती १० बजेदेखि अनुमति प्राप्त वाहेक सवै सवारी साधन बन्द गरिने तथा मानिसको आवत जावतमा पनि कडाई गरिने जानकारी गराए ।
प्रत्येक मतदान केन्द्रमा न्युनतम ४ जना र मतपेटिका अनुसार १ जना थप प्रहरी सुरक्षाकर्मी गरी जिल्लामा कुल ७ सय २० जना प्रहरी र ४ सय २५ जना म्यादी प्रहरी खटाईएको कुरा प्रहरी उपरिक्षक सुरेश विक्रम शाहले जानकारी गराए ।

सम्बेदनशीलताका कारण उच्च सुरक्षा सतर्कता
बर्दिया : स्थानीय प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सडक, बजारमा आवागमन गर्न प्रतिबन्ध लगाएको छ ।
प्रशासनले आज (सोमबार) राति दश बजेदेखि मंगलबार विहान ५ सम्म सडक र बजारमा हिँडडूल गर्न प्रतिबन्ध लगाएको हो । जिल्लामा हुन सक्ने अबरोध र सुरक्षा अवस्थाका कारण कडाई गरिएको प्रशासनको भनाई छ ।
संविधानसभा निर्वाचनमा हुन सक्ने अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले उच्च सुरक्षा सतर्कता अपनाएको हो । निर्वाचन सकिएर मतगणना सुरु नभएसम्म सर्वसाधारणलाई खुल्ला रुपमा हिडडूल गर्न पाउने छैनन् ।

प्रतिक्रिया