‘सारंगी सम्राट’लाई उपचारार्थ सहयोग

Jung-Bahadur-Gandharvaकाठमाडौं : सारङ्गी सम्राट जंगबहादुर गन्धर्व सिकिस्त विरामी परेपछि उनको उपचारका लागि सहयोग जुटाउन थालिएको छ । सांगीतिक संघको आइतबार बसेको बैठकले सारङ्गीबादक गन्धर्वलाई दश हजार रुपैयाा सहयोग गर्ने निर्णय गरेको छ । संघले उनको आर्थिक स्थिति कमजोर रहेका कारण संगीतमा आबद्ध सबै संघसंस्थाहरूले सहयोग गर्नुपर्ने बताउदै सांगीतिक संघबाट दश हजार रुपैया सहयोग गर्न पाएकोमा खुशी प्रकट गर्दै गन्धर्वको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
उनका छोरा भुवनका अनुसार उपचारमा संलग्न डाक्टरहरूले स्वास्थ्य स्थिति केही सुधार भएजस्तो भएको भएपनि त्यसमै ढुक्क हुने स्थिति नरहेको बताएका छन् । काठमाडौंका प्राय ९० प्रतिशत स्टुडियोमा सारङ्गी बजाउदै आएका गन्धर्वलाई उपचारका लागि सहयोगी हातहरूको जरुरत भएको परिवारस्रोतले बताएको छ । विगत लामो समयसम्म नेपाली गीतसंगीतमा क्रियाशील रहँदै आएका गायक तथा सारङ्गीवादक गन्धर्वलाई सहयोग गर्नलाई सांगीतिक संघले आग्रह गरेको छ । (सौस)

प्रतिक्रिया