लुट निर्देशकको दोस्रो चलचित्रको टिजर सार्वजनिक

tulkeकाठमाडौं : चलचित्र ‘लुट’ ले नेपाली चलचित्रको व्यवसायमा लामो समयपछि तहल्का मारेको थियो । सोही चलचित्रलाई निर्देशन गर्ने निर्देशक निश्चल बस्नेतको दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका पात्रहरूको अनुहारलाई मात्र देखाउन खोजिएको छ ।
चलचित्रमा लुटकै अभिनेता दयाहाङ राइर्, ऋचा शर्मा, शुशांक मैनाली, खगेन्द्र लामिछाने, रविन्द्र वानियाँ लगाएतको अभिनय रहेको छ । डार्क कमेडी चलचित्रलाई निर्देशक बस्नेतकै ब्ल्याक हर्स कम्पनीको प्रस्तुतीमा रबिन्द्र बाँनियाले निर्माण गरेका हुन् । निर्देशक बस्नेत यस चलचित्रका एक निर्मातापनि हुन् । शिवरात्रीलाई लक्ष्य गरि प्रदर्शन गर्न लागिएको यस चलचित्रको छायाँकन काठमाण्डौ र पोखरामा गरिएको छ । फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् । (सौस)

प्रतिक्रिया