गड्डाचौकी नाका २४ घन्टा मात्रै बन्द

कञ्चनपुर, ३ मंसिर । बन्दले अलपत्र परेका यात्रुको समस्यालाई मध्यनजर गर्दै नेपालको पश्चिमी नाका गड्डाचौकीलाई २४ घन्टामात्रै बन्द गरिने भएको छ ।

संविधानसभा निर्वाचनमा हुन सक्ने आपराधिक गतिविधि रोक्न पूर्व घोषित कार्यक्रमअनुसार उक्त नाका ७२ घन्टा बन्द गर्ने भनिए पनि नेकपा–माओवादीको बन्दले अलपत्र परेका यात्रुको समस्यालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले गड्डाचौकी नाका २४ घन्टामात्रै बन्द गन निर्णय गरेको कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले जानकारी गराए ।
अन्तर्राष्ट्रिय आपराधिक समूहबाट निर्वाचनमा अवरोध हुन सक्ने भन्दै सरकारले दुई हप्ता अगाडि गड्डाचौकी नाकालाई ७२ घन्टा बन्द गर्ने निर्णय गरेको थियो ।
निर्वाचनको अघिल्लो दिन मंसिर ३ गते सााझ ८ बजेदेखि निर्वाचन हुने दिन मङ्सिर ४ गते सााझ ८ बजेसम्म सीमा नाका बन्द हुनेछ ।

प्रतिक्रिया