छुट्टाछुट्टै दुर्घटनामा ३ को मृत्यु

डडेल्धुरा, ३ मंसिर । कैलाली र डडेल्धुरामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी एक महिलासहित ३ जनाको मृत्यु भएको छ ।

निर्वाचनमा खटिएका कर्मचारी बोकेर गएको कर्णाली यातायातको वसले शनिबार पूर्वपश्चिम राजमार्गअन्तरगत पर्ने कैलालीको चौमालामा एक साइकलमा सवार महिलालाई ठक्कर दिएको छ । वसको ठक्करबाट घाइते भएकी ती महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीको स्कर्टिङमा धनगढीबाट चुहातर्फ गइरहेको ना४ख ४३५३ नंम्वरको वसको ठक्करबाट चौमाला गाविस ८ की ३६ वर्षीया आइतवारी चौधरी घाइते भएकी थिइन् । घाइते चौधरीलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याएको र थप उपचारका लागि बााकेको कोहलपुर मेडिकल कलेजतिर लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साइकलमा रहेकी चौधरीले मदिरा सेवन गरेको खुल्न आएको छ । ठक्कर दिने वसलाई स्थानीयले रोक्न खोजे पनि प्रहरीको स्कर्टिङ भएकोले निर्वाचनमा खटिएका कर्मचारी र निर्वाचन सामग्रीलाई सुरक्षित ठाउामा राखेर वस र वसका चालक चेतनारायण भट्टाराईलाई चौमालास्थित प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी शुक्रबार राति लम्कीमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । चिसापानीबाट लम्कीतिर आउादै गरेको से १ प २७९२ नंम्वरको मोटरसाइकलले ठक्कर दिादा साइकलमा सवार बलिया ८ लम्की बसपार्कका १८ वर्षीय धिरेन्द्र बमको मृत्य ुभएको हो ।
बमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्कर दिने मोटसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रमा लिएको छ ।
उता, डडेल्धुराको मष्टामाण्डांै गाविसको सकायलमा पनि वसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । वसको ठक्करबाट स्थानीय १९ वर्षीय भरत शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
डडेल्धुराबाट दीपायलतर्फ जाादै गरेको ना ४ ख ९९६२ नंम्वरको वसले शुक्रबारराति सडकमा हिडिरहेका शाहीलाई ठक्कर दिादा शाहीको घटनास्थलमै मृत्युभएको प्रहरीको भनाइ छ । ठक्कर दिने वस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया