झडप रोक्न अश्रु ग्यास प्रहार

धनगढी, ३ मंसिर । नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच शनिबार कैलालीको फूलवारी क्षेत्र नंम्वर ६ मा झडप भएको छ ।

दुइटै पार्टीका कार्यकर्ताको झडपले उग्ररुप लिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
कााग्रेस कार्यकर्ताहरुले आचारसंहिता विपरित माइक लगाएर प्रचारप्रसार गरेको भन्दै एमाले कार्यकर्ताहरुले कााग्रेसले माइकिङ गर्न प्रयोग गरेको ट्याक्टरको टायरको हावा निकाली दिएपछि झडप भएको जानकारी गराईएको छ । माइकिङ् गरेर मत माग्दै गरेको र आचार संहिता विपरित भयो भनेर विरोध गर्दा कााग्रेसका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको एमाले कैलालीले जनाएको छ भने कााग्रेसले पहिले एमालेका नेता कार्यकर्ताले आक्रमण गरेको जनाएको छ ।
झडपमा परी नेपाली कााग्रेसका प्रेमराज जोशी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको जनाएको छ  ।
एमाले कार्यकर्ताले समयमै आचारसंहिता उलंघन भएको जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय लगायतलाई जानकारी गराउादा समेत माइकिङ नरोकिएपछि माइकिङ गर्न प्रयोग गरिएको ट्याक्टरको हावा खोलीदिएको बताएका छन् ।
घटनास्थलमा रहेका एमाले नेता दीपक देवकोटाले कााग्रेस कार्यकर्ताहरूले आफ्ना कार्यकर्तामाथि आक्रमण गर्दा प्रतिकार गरेको बताए । उनले आचारसंहिता विपरित माइकिङ् नगर्नुस् भनेर अनुरोध गर्दा कााग्रेस कार्यकर्ताहरु आक्रमणमा उत्रिएको जनाए ।
यसैबीच, घटनाप्रति नेपाली कााग्रेसले भत्र्सना गरेको छ ।  कााग्रेस क्षेत्र नं ६ का प्रवक्ता नृप वडले एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेका नेता दिनेशचन्द्र सुवेदी र क्षेत्रीय अध्यक्ष लोकेन्द्र बानियााको नेतृत्वमा आएको जत्थाले सांघातीक आक्रमण गरेको जनाएका छन् । विज्ञप्तिमा घटना भइरहादा प्रहरी प्रशासनका व्यक्तिहरू  मुखदर्शक भएर असहयोग गरेको उल्लेख छ ।
जारी विज्ञप्तिमा नेविसंघ इकाई सचिव प्रेमराज जोशी गम्भीर घाइते, १५ जना सामान्य घाइते, छ जना सम्पर्क बाहिर रहेको र ५० वटाभन्दा बढी मोटरसाइकलमा क्षति पुगेको पनि जनाइएको छ । उता, एमाले क्षेत्र नं. ६ निर्वाचन परिचालन समिति संयोजक दिनेशचन्द्र सुवेदीले नेपाली कांग्रेसका कार्यकर्ता प्रेम जोशीले एमालेका लोकेन्द्र बानियाामाथि
हातपात गरेपछि आफूहरूले प्रतिवाद गरेको बताएका छन् ।

प्रतिक्रिया