नेपाल–भारत सीमा बन्द

नेपालगन्ज : संविधानसभा निर्वाचनको सुरक्षालाई दृष्टिगत गरी शनिबारदेखि बाके जिल्लाको नेपाल–भारत सीमाबाट दुई मुलुक आवातजावत गर्ने सवारी साधनमा रोक लगाइएको छ ।
सीमामाा मङ्सिर ३ गते साझ ५ बजेदेखि ५ गते बिहान ६ बजेसम्मका लागि यात्रुहरूको पैदल आवातजावतमा समेत रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले जानकारी गराएका छन् ।
निर्वाचनमा आपराधिक तथा अवान्छित गतिविधि हुन सक्ने सम्भावनालाई ध्यानमा राखी शनिबार देखि ५ गतेसम्मका लागि मदिरा ओसारपसार, बेचबिखन तथा सेवनमा पूर्णत: रोक लगाइएको छ ।

प्रतिक्रिया