बर्दियामा शंकास्पद बस्तु/सेनाद्वारा निष्क्रिय

Saket_bom2070-8-1-Bardiyaबर्दिया, १ मंसिर । बर्दिया जिल्लामा विभिन्न तीनस्थानमा भेटिएका सकेट बम जस्ता देखिने शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ ।

मोतीपुर–८, बासगडी, गुलरियास्थित कांग्रेसका उम्मेदवार संजय गौतमको घर अगाडि बाटोमा र तारातल–६, भन्सार रोड प्रहरी चौकी नजिक रहेको सकेट बम जस्तो देखिने शंकास्पद बस्तु आज (शनिबार) निष्क्रिय बनाएको हो ।

फेला परेका शंकास्पद बस्तु सकेट बम नभएको प्रहरीले जनाएको छ । आतंक मच्चाउने उदेश्यले शंकास्पद बस्तु राखेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

प्रतिक्रिया