कोरियामा प्रवासी नेपाली संघ गठन

koriyaकोरिया । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेकपा (माले) समर्थित युवाहरुले पार्टीको भातृ संगठन अखिल कोरिया प्रवासी नेपाली संघ गठन गरेका छन् । शुक्रवार राजधानी सिओलमा आयोजित एक भेलाले प्रदीप संग्रौलाको संयोजकत्वमा ७ सदस्यीय कार्य समिति गठन गरेको हो ।

भेलाले कमिटीका अन्य सदस्यहरुमा गोपाल विष्ट (पाल्पा), राकेश लामा (रुपन्देही), प्रकाश संग्रौला (झापा) मनोहर रायमाझी (सुनसरी), मैया वान्तवा (इलाम) र काजी बराइली (झापा) लाई चयन गरेको छ ।
संयोजक संग्रौलाले आगामी संविधानसभा मार्फत मुलुक सुहाउँदो सङ्घीय संरचना अन्तर्गत हिमाल, पहाड र तराईसहित चीन र भारतसँग सीमा मिल्ने बढीमा ६ वटा प्रदशहरुको निर्माण गर्न, लोकतन्त्रको मूल्य र मान्यता तथा सर्वसाधारण नेपाली जनताको लोकतान्त्रिक अधिकारलाई स्थायित्व दिन तथा शासन व्यवस्थालाई स्थिरता दिने उद्देश्यले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै उनले प्रदेश अन्तर्गत जातीय र भाषिक स्वायत्त इकाइहरुको निर्माण गरी जातीय पहिचान एवं भाषा, संस्कृतिलाई संरक्षण तथा सम्वद्र्धन गर्नु पर्ने बताउँदै हाल मुलुकमा विद्यमान जातीय, क्षेत्रीय, लिङ्गीय एवं जातपातीय विभेदलाई समाप्त गर्न संविधान र कानूनमा नै व्यवस्था गर्नु पर्ने आग्रह गरे ।

प्रतिक्रिया