काठमाडौं, १ मंसिर । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जनतामा भय त्रास उत्पन्न र अमानवीय आक्रमण गर्नेहरु आतंककारी भएको टिप्पणी गरेका छन् ।
राजधानीमा आज (शनिबार) आयोजित कार्यक्रममा उप्रेतीले अबोध नागरिकहरुलाई हिंसाको सिकार बनाउनेहरुलाई आतंककारी बाहेक केही भन्न नसकिँने बताए ।
‘पशुले समेत आफ्नो जातको कसैलाई नमार्ने गरेका छन्,’ उनले भने, ‘मानिस मार्न तयार हुने पेट्रोल बम प्रहार गर्ने मान्छेहरु आतंकारीबाहेक केही होइनन् ।’
उनले यस्ता कार्य गर्नेलाई कारबाही गरिनु पर्ने बताए । ‘अवोध नागरिकलाई सिकार बनाउनेहरु राष्ट्रघाती पनि हुन,’ उप्रेतीले भने । प्रमुख आयुक्त उप्रेतीले आतंकारीहरुलाई जनताले आफै तिरस्कार गर्ने दाबी गरे ।
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले यातायात बन्दलगायतका कार्यक्रम गरिरहेका बेला प्रमुख आयुक्त उप्रेतीले त्रास फैलाउनेहरुलाई आतंककारीको संज्ञा दिएका हुन् ।
प्रतिक्रिया