काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी) कुवेरसिंह रानासहित सात जना अतिरिक्त प्रहरी महानिरीक्ष्ँक (एआइजी)ले उमेर हदका कारण अनिवार्य अवकाश पाएका छन् । अवकाश पाउनेमा एक जना नायव अतिरिक्त महानिरीक्षक पनि छन् ।
तीस बर्ष सेवा अवधि पुरा गरी सेवा निबृत्त आइजिपी रानासहित प्रहरी अधिकारीहरूको शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित बिशेष समारोहमा बिदाई गरियो । रानाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले प्रहरी सेवाको भर्ना छनौट, बृत्ति विकास र मुल्याङ्कन पद्धतीलाई बैज्ञानिक सर्वग्राह्य र बस्तुगत बनाउन लोकसेवाको सामान्य सिद्धान्त लागू गरिएको बताए ।
अवकाश पाउने एआइजीमा नवराज ढकाल, भीष्म प्रसाई, दीनकर शम्शेर जवरा, गंगा पाण्डे, रमेश बिक्रम शाह, विनोद सिंह, पुष्करनाथ रेग्मी तथा प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमाल छन् । केही दिनअघि मात्र कायममुकायम महानिरीक्षकको जिम्मेवारी पाएका उपेन्द्रकान्त अर्यालले आजदेखि पूर्णरुपमा कार्यभार सम्हाल्दै छन् । अर्याललाई सरकारले केही दिनअघि मात्र आइजिपीमा बढुवाको निर्णय गरेको थियो । (सौस)
प्रतिक्रिया