एमाओवादी र काग्रेस कार्यकर्ताबीच झडप

धनगढी : जिल्लाको जोगबुडा गाविस १ पुन्तुरामा एमाओवादी र नेपाली कााग्रेसका कार्यकर्ताबीच शुक्रबार झडप हुदा काग्रेसका ५ जना कार्यकर्ता घाइते भएका छन् । जोगबुडा लालढुंगा बजारमा चुनावी आमसभा सम्पन्न गरेर फिर्ता भएका एमाओवादी कार्यकर्ता र जोगबुडाको गाईबाधेबाट प्रचाररप्रसार गरी फर्केका कााग्रेस कार्यकर्ताबीच बाटोमा झडप भएको हो । झडपमा परी घाइते भएका काग्रेस कार्यकर्ताहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । यसैबीच अज्ञात समूहले डडेल्धुराको साहुखर्क भन्ने स्थानमा सडकमा रुख ढालेर बाटो अवरुद्ध पारेको छ । भिमदत्त रार्जमार्ग अन्तर्गत पर्ने सडकखण्डमा रुख ढालेर बाटो अबरोध गरेपछि यातायात सेवा रोकिएको छ ।

प्रतिक्रिया