होस्टेमा हैंसे गर्ने समूह चाहियो : दाहाल

काठमाडौ, १ मंसिर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका लागि केही गरौ भन्ने सोच र आत्मविश्वास आफूमा रहेकाले होस्टेमा हैसै गर्ने समूह र विज्ञ आफूलाई आवश्यकता रहेको धारणा ब्यक्त गरे । एमाओवादी जनताको पार्टी भएकाले जनताको जस्तोसुकै आलोचना वीकार गर्ने क्षमता आफुमा भएको दावी पनि अध्यक्ष दाहालले गरे ।

काठमाण्डौ क्षेत्र नम्वर १० का उम्मेदवार समेत रहेका अध्यक्ष दाहालले यस पटक मुलुक निर्माण गर्ने जिम्मा आफनो पार्टीलाई दिन आग्रह पनि गरे । स्थानीय नागरिक समाजले आयोजना गरेको अन्तक्र्रियालाई शुक्रवार कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष दाहालले कीर्तिपुरको सांस्कृतिक विविधता र महत्वलाई स्थापित गर्नका लागि आफूले विशेष पहल गर्ने र त्यसमा साथ र सहयोग प्रदान गर्न स्थानीयलाई आग्रह गरे ।
कीर्तिपुर क्षेत्रलाई सांस्कृतिक सहरका रूपमा विकास गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौा क्षेत्र नं १० लाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफ्नो पार्टीले विशेष ध्यान दिएको चर्चा गर्दै परम्परागत विचारले कुनै पनि क्षेत्रको विकास हुन नसक्ने अध्यक्ष दाहालले तर्क गरे । विगतमा मुलुकको परिस्थिति, राजनीतिक अवस्था, स्वभावजन्य कमजोरी र अन्य कारणले निर्वाचन क्षेत्रलाई विशेष ध्यान दिन नसकेकामा आत्मालोचना गर्दै एमाओवादी अध्यक्ष दाहालले आगामी दिनमा महिनामा एक दिन स्थानीय मतदाता र नागरिकसग छलफल र अन्तक्र्रिया गर्ने र समस्या समाधानमा ध्यान दिने बचन दिए ।

प्रतिक्रिया