‘समृद्ध नेपाल बनाउने यात्रामा सहयोग गरौं’

Gagan-Thapaकाठमाडौं, २९ कात्तिक । कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले समृद्ध नेपाल सम्पन्न र सम्मानित नेपाली बनाउने अभियानमा सँगै काम गर्न आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर चारका प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहेका थापाले मुलुक समृद्ध बनाउने यूवा पुस्ताको साझा सपना र संकल्प वनाउनु पर्ने बताए । उनले आफूलाई मतदान गरेमा आर्थिक उन्नतिमा सहयोग गर्ने बताए ।

‘युवा साथीहरुको आत्मविश्वास र साथबाट मात्र यो सपना पुरा हुने छ,’ उनले भने, ‘यूवाहरुको साथ र सहकार्यको आशा छ ।’ उनले प्रत्येक यूवाले भोगेका समस्यासँगै बसेर सामना गर्न चाहना भएको पनि बताए ।

प्रतिक्रिया