‘धर्म परिवर्तनका नाममा राजनीति गर्नु हुँदैन’

Ramchandra Poudelम्याग्दी, २९ कात्तिक । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले धर्मको नाममा अतिवादी र पुनरुत्थानवादीहरुले अनेक भ्रम फैलाउन खोजेको बताएका छन् ।

उनले कांग्रेस सदैव धर्म, संस्कृति र परम्पराको जगेर्नाका पक्षमा रहेको बताए । कांग्रेस म्याग्दीले आज (बिहीबार) म्याग्दीको साँखुभगवती गाविसमा आयोजना गरको चुनावी सभामा उपसभापति पौडेलले आफूहरु सधै नागरिकको धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताए । ‘धर्म परिवर्तन गर्ने र धर्मको नाउँमा राजनीति हुनु हुँदैन,’ उनले भने ।

उनले कृषि, पर्यटन र जलस्रोतको विकास एवं विस्तार गरी औधोगिक क्रान्तिमार्फत कांग्रेसले मुलुकको आर्थिक विकास गर्न चाहेको दोहर्‍याए ।

‘दलहरुबीच सहमति जुटाएर एक वर्षभित्रमै लोकतान्त्रिक संविधानपनि कांग्रेसले बनाउने छ,’ उनले भने, ‘आर्थिक विकासका लागि पनि कांग्रेसका जित अनिवार्य भएको छ ।’

उपसभापति पौडेलले निर्वाचन नजिकिँदै जाँदा मतदातातलाई प्रभावित गर्ने गरी आर्थिक चलखेल हुन थालेको चर्चा चल्न थालेकाले पैसाका आधारमा मतदातालाई प्रभावित गर्ने कार्यप्रति सचेत रहन आग्रह गरे ।

कांग्रेसका चुनावी सभा नजिकै बम

यसैबीच, गृह जिल्ला तनहुँको क्षेत्र नम्वर दुई कोइदीममा उपसभापति पौडेल सहभागी कार्यक्रमस्थल नजिकै सकेट बम फेला परेको छ । सभालाई प्रभावित बनाउने उदेश्यले सकेट बम राखेको कांग्रेसले जनाएको छ । सकेट बम कस्ले राखेको भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया