आज पहिलो खेल

दुबइ : विश्वकप ट्वान्टि/२० छनोट खेल शुक्रबार यूएइमा सुरु हुदैछ हुँदैछ । विश्वकप खेल्ने सपना पुरा गर्ने उदेश्यले कुल १६ टिम मध्ये अन्तिम ६ मा पर्न नेपाली टोली आफ्नो पहिलो खेल देखिनै उत्कृष्ट लयमा आउने अपेक्षा गरिएको छ । पहिलो खेलमा नेपालले शुक्रबार दुबई स्थीत जिसिए टु मैदानमा डेनमार्क विरुद्ध पहिलो प्रतिष्पर्धा गर्दै छ । समुह ‘बि’ मा रहेको नेपालले डेनर्माक सहित अफगानिस्तान, स्कट ल्यान्ड, नेदरल्यान्ड, पपुवा न्यूगीनी, केन्या र बरमुडा सँग समुह चरणमा प्रतिष्पर्धा गर्दै छ । विश्वकपको नजिक रहेको नेपालले दुबईमा खेलेका दुई अभ्यास खेलमा एक खेलमा जित र अर्को खेलमा हार ब्योहोरेको छ । (एजेन्सी)

प्रतिक्रिया