३ महिनादेखि जडीबुटी ल्याब प्रयोगविहीन

नेपालगन्ज : जडीबुटी परीक्षणका लागि सरकारले साढे दुई वर्ष अघि ठूलो लगानीमा यहाँ स्थापना गरेको जडीबुटी ल्याब अहिले प्रयोगविहीन भएको छ ।
नेपालगन्जस्थित नेपाल जडीबुटी सङ्घ केन्द्रीय समितिको कार्यालयमा स्थापना गरिएको १३ लाख मूल्यबराबरको सो ल्याब प्राविधिक कर्मचारीको अभावमा विगत तीन महिनादेखि सञ्चालनमा आउन
सकेको छैन ।
ल्याब सञ्चालनमा नल्याएर त्यत्तिकै थन्क्याउादा त्यसका उपकरणसमेत अहिले जीर्ण बन्दै गएका छन् भने सरकारको लगानी ‘बालुवामा पानी’ सरह भएको छ । विशेषत: तैलीय जडीबुटी परीक्षण गरिने सो ल्याब प्रयोगमा नल्याइादा मध्यपश्चिमाञ्चल क्षेत्रका जडीबुटी व्यवसायीले समेत हैरानी भोग्नु परेको छ ।
मध्यपश्चिमाञ्चलका विभिन्न जिल्लाबाट सङ्कलित जडीबुटी नेपालगन्जमा भण्डारण र परीक्षण गरी भारतका विभिन्न सहरलगायत तेस्रो मुलुकमा निकासी गर्नुपर्नेमा ल्याब सञ्चालनमा नआउँदा व्यापारीले जडीबुटीको गुणस्तर जाँच गर्न पाएका छैनन् ।
सङ्घको तथ्याङ्कअनुसार बाँके जिल्लाको नेपाल—भारत सीमा नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बङ्गलादेश, फ्रान्स, स्विजरल्यान्ड, अस्ट्ेरलिया, जर्मनीलगायतका मुलुकमा प्रत्येक वर्ष सरदर ७० लाख किलो जडीबुटी निर्यात हुँदै आएको छ । ती मुलुकमा रिठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसी लगायतका जडीबुटी निर्यात हुने गरेको छ । (सौस)

प्रतिक्रिया