काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन वरिष्ठ सहायक (स्टोर किपर) अर्जुनबहादुर केसीलाई हिरासतमा लिएको छ । अभियुक्त केसीले नेपाल विद्युत् प्राधिकरणको भण्डारमा रहेका जिन्सी सामान हिनामिना गरी प्राधिकरणलाई रु त्रिसठ्ठी लाख १० हजार ५४२ बराबरको हानी नोक्सानी पुर्याएकाले ऊनीसँग सोही बराबरको धरौटी रकम माग गरिएको थियो । उनले उक्त रकम बुझाउन नसकेकाले विहिवार हिरासतमा लिइएको आयोगले जनाएको छ ।
प्रतिक्रिया