स्याङ्जामा सुतली बम सहित ५ जना पक्राउ

syangaस्याङ्जा, २८ कात्तिक । स्याङ्जाको चित्रेभञ्ज्याङ–५ मा प्रहरीले विष्फोटक पदार्थ सहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सेतीदोभानबाट खटिएको टोलीले आज (बिहीबार) विहान आठ बजे सेतीदोभान–१, सिमखेतमा चेकजाँच गर्दा वमसहितका सामाथ बरामद गरेको जनाएको छ ।

उनीहरुको गतिविधि शंकास्पद लागे पछि प्रहरीले खानतलासी गरेको थियो । प्रहरीले सुतली बमका साथै डायरी र अन्य सामान पनि बरादम गरेको जनाएको छ ।

पक्राउ पर्नेमा चित्रेभन्ज्याङ–५ गिहकोटका ४२ बर्षीय खिमकुमार विश्वकर्मा, फेदीखोला–१, खड्केटारीका ४२ बर्षीय प्रेम अधिकारी, फेदीखोला–८, रामकोटका ३० बर्षीय बिनोद सुनार, दारसिंह दहथुम–४, केघाका २३ बर्षीय किलबहादुर गुरुङ र क्याक्मि–५, चेसिंङका २९ बर्षीय नन्दकुमार थापा रहेका छन् ।

नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले यातायात बन्द कार्यक्रम गरिरहेका बेला प्रहरीले बमसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका सबै विभिन्न राजनीतिक दलसँग सम्बद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया