लेखक संघका सदस्यको घरमा छापा

काठमाडौं, २८ कात्तिक । नेकपा–माओवादी निकट अखिल नेपाल लेखक संघले आफ्ना सदस्यहरुको घरमा प्रहरीले छापा मारेर भन्दै आपत्ति जनाएको छ ।

संघका महासचिव खेम थपलियाले आज (बिहीबार) विज्ञप्ति जारी गरेर वर्तमान सरकारले आफ्ना केन्द्रीय सदस्य रामचन्द्र हुमागाईको घरमा छापा मारेको जनाएको हो ।

केन्द्रीय समिति सदस्य तथा वरिष्ठ पत्रकार हुमागाईंको घट्टेकुलोस्थित घरमा बुधबार मध्यरात प्रहरीले छापा मारेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया