काठमाडौं, २८ कात्तिक । सरकारले जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई यस वञज्ञर्ष १२ वटा आन्तरिक प्रसारण लाईन निर्माणका लागि अनुमती दिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो संख्याको अनुमतिपत्र प्रदान गरिएको विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए । ती मध्ये माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत्लाई काठमाडौंसम्म ल्याउनका लागि तामाकोसी काठमाडांै चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण गर्ने अनुमति लिएको छ ।
यस्तै समुन्द्रटार त्रिशूली एक सय ३२ केभी प्रसारण लाइनको अनुमतिपत्र सो आयोजनाले यसै वर्ष लिएको छ । माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो अनुमति लिइएको हो । यस्तै तल्लो अरुण दुई सय किलोभोल्ट, मध्य मोदी एक सय ३२ किलोभोल्ट, कालीगण्डकी कोवाङ, दुई सय २० किलोभोल्ट, माथिल्लो माडी एक सय ३२ किलोभोल्ट, अपर चाकु एक सय ३२ किलोभोल्ट, रुदी खोला एक सय ३२ किलोभोल्ट, चाँदी खोला एक सय ३२ किलोभोल्ट क्षमताको प्रसारण लाइन निर्माणका लागि अनुमति लिइएको विभागका सूचना अधिकृत पन्थको भनाइ छ । उनका अनुसार राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने प्रमुख जिम्मा विद्युत् प्राधिकरणको भएपनि आयोजनाले उत्पादन गरेका बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि आयोजनाले प्रसारण लाइन निर्माण गर्नुपर्दछ । आयोजना निर्माणलाई गति प्रदान गर्न प्रवद्र्धकले प्रसारण लाइनको समेत छुट्टै अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको उनले बताए । ‘आयोजना समयमै सम्पन्न हुने हो की होइन भन्ने आधारमा यस्ता प्रसारण लाइन के कति समयमा निर्माण हुने हो भन्ने कुराको निर्धारण हुन्छ । तर राष्ट्रिय प्रसारण लाइन प्राधिकरणले निर्माण नगर्दासम्म यस्ता प्रसारण लाइनको भने कुनै महत्व रहँदैन ।’ सूचना अधिकृत पन्थ भने । सरकारले हालसम्म एक ४९ वटा आयोजनाका लागि सोही सङ्ख्यामा नै प्रसारण लाइन निर्माण गर्ने अनुमति प्रदान गरेको हो । सूचना अधिकृत पन्थले यस वर्ष अनुमति लिएका आयोजनाका प्रवद्र्धकलाई आयोजना समयमै सक्न र प्रसारण लाइन निर्माणको काम पनि निर्धारित समयमा सकाउन निर्देशन दिइएको जानकारी दिए ।
यस्ता प्रसारण लाइन राष्ट्रिय प्रसारण लाइन भन्दा आधारभूतरुपमा फरक रहेको र विभागबाट अनुमति लिएका प्रसारण लाइन आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने करिडोर रहेको उनले बताए ।
प्रतिक्रिया