संविधानसभा निर्वाचनको दिन आउन धेरै बाँकी छैन । सबै उमेदवार मतदातालाई आफ्नो पक्षमा पार्न अनेक योजना देखाउदै छन् । कसरी निर्वाचन जित्ने भन्नेमा सबैको ध्यान गएको छ । काठमाण्डौं निर्वाचन क्षेत्र नम्बर ८ का एमाले र कांग्रेसको उमेदवार के भन्छन् निर्वाचन र आफु जित्ने बारे । क्षेत्र नम्बर ८ मा यति बेला एमालेका युवा नेता जिवनराम श्रेष्ट र नेपाली कांग्रेसका युवा नेता नबिन्द्रराज जोशी बिच कडा प्रतिष्पर्दा छ । दुबै नेता आफु जित्नेमा ढुक्क छन् । दुबै नेताले स्थानीय रुपमा पहिला जनप्रतिनिधि भएर यस क्षेत्रको जनताको बिचमा काम गरी सकेका छन् । जनताको घर दैलोमा जाने र जनताको मन जित्ने कोसीसमा दुबै नेता कम्मर कसेर लागेका छन् । आफ्नो तयारी र आफुले प्रतिनिधित्व गरेको पार्टी प्रति रहेको जनताको जनमत बारे यी दुई उमेदवारले सौर्य दैनीकमा आ–आफ्नो धारणा यसरी राखे:
निर्वाचन नजिकीदै छ । जनताले प्रतिक्षा गर्ने दिन अब धेरै बाँकी छैन । यति म बेला घर दैलो र जनताको बिचमा भेटघाट एवं भोट माग्दैमा ब्यस्त छु । मलाई धेरै बिस्वास छ पुन यस क्षेत्रका जनताले मलाई बीजयी गराउने छन् भन्नेमा । बिगतमा मैले यहाँको जनताको पक्षमा धेरै काम गरेको छु जुनकुरा यहाँको जनताले भुलेका छैनन । यहाँको आधारभुत समस्या बाटो, पानी, ढल जस्ता जनताको समस्या समामाधान गर्ने धेरै प्रयास गरे । काठमाण्डौंको जनताको प्रमुख समस्या भनेको खाने पानी हो त्यसको लागी मैले खेलेको भुमिका सबैलाई थाहा छ । पानीको समस्या बारम्बार उठायो भेनेर मलाई पानी सभाषद पनि भने । मलाई कस्ले के भन्छ फरक पर्दैन जनताको कलागी के गर्न सके त्यो प्रमुख कुरा हो ।
यो क्षेत्रको जनताको ठुलो समर्थन नेपाली कांग्रेसलाई छ । म त्यो पार्टीको कार्यकर्ता भएको नताले जनता मेरो साथमा छन् । र म उनीहरुको साथ ले यो निर्वाचन जित्नेमा ढुक्क छु । जनताको म प्रतिको समर्थन र स्वागत हेर्दा लाग्छ अहिले नै निर्वाचन जिते भन्ने । यहाँका जनताले बिर्सेका छैनन गएको संविधानसभाको सदस्य भएर मैले खेलेको भुमिका । उनीहरु मेरो मात्र हैन मेरो पार्टी नेपाली कांग्रेसले नेपालको प्रजातान्त्रीक आन्दोलनमा खेलेको अग्रणी भुमिकाको मुल्याङ्कन गरेर यति बेला नेपाली कांग्रेसलाई बहुमत दिन तयार छन् । यदि नेपाली कांग्रेसको बहुमत भएको भए गएको संविधानसभाले नेपाली जनतालाई संविधान दिन सक्ने थियो । त्यो कुरा यहाँको जनताले बुझेका छन् । जनताको रोजाई संविधान बनाउन सक्ने प्रतिनिधि तिर छ । यति बेला हामीलाई नेपाली जनताले प्रश्न गर्दैछन् संविधान बनाउन के गर्ने छौ ? आफ्नो टोलको बिकासको लागी के गर्ने छौ भनेर । हामी जनतालाई बिस्वस्त गराउन चाहन्छौं यो मुलुकमा नेपाली कांग्रेसले बहुमत नल्याए फेरी पनि शंकट आउन सक्छ । त्यसैले यो पटक नेपाली कांग्रेसका उमेदवाहरुले जित्ने निश्चित छ ।
गएको संविधानसभाले संविधान बनाउन सकेन । जनताले त्यसको मुल्याङ्कन गरेर बसेका छन् । किन बनेन कस्का कारण बनेन यति बेला मैले भनिरहनु पर्दैन । बिगतको कमी नदोहोरीयोस भनेर जनता लोकतान्त्रीक संविधान बनाउने, देश समृद्धी बनाउन सक्ने र स्थानीय बिकास गर्ने, स्थानीय धर्म सस्कृतीको रक्षा गर्न सक्ने क्षमता भएको प्रतिनिधि रोज्दै छन् । म काठमाण्डौको जनतालाई सधै पानीको समस्या नहोस भन्ने चाहन्छु । यसलाई पानीको सहर बनाउने योजना छ । बिगतमा यस क्षेत्रको प्रतिनिधि हुदाँ जे जति काम जनताको पक्षमा गरे सबैको अगाडी छर्लङ्ग छ । अझ मैले यहाँको जनताको लागी धेरै काम गर्नु छ । जनताको काम गर्न कुनै न कुनै ठाउँ चाहिन्छ म यति बेला पुन जनताको निर्वाचित प्रतिनिध भएर यो क्षेत्रको लागी केहि गर्न चाहन्छु । आस छ जनताले मलाई काम गर्ने अवसरका लागी फेरी निर्वाचित गराउने छन् । मेरो भुमिका हिजो पनि र आज पनि यस क्षेत्रका जनताको पक्षमा छ । मेरो योग्यता, क्षमता र जनता संगको सामिपत्यता यहाँको जनतालाई थाहा छ । त्यसैको आधारमा पुन आफुले जित्नेमा म ढुक्क छु ।
यो क्षेत्रमा मेरो पारीवारीक पृष्ट भुमिपनि आफ्नै खाले छ । सानै देखी यहि राजनीती गरें यहाँका सबै जनतालाई म र मेरो पार्टीको पृष्टभुमि थाहा छ । नेपाली कांग्रेसले राष्ट्रिय राजनीतीमा खेलेको भुमिका र मैले यहाँको स्थानीय जनता बिचमा गरेको काम सबैले देखेका छन् । मेरो तिनै बिगतको कामको जनताले मुल्याङ्कन गर्दा पनि मैले जित्ने निश्चित छ । आज सम्म जहाँ जहाँ प्रतिनिधित्व गरे जनताको मन दुखाउने गरी केहि गरेको छैन । जे गरेको छु जनताको हितमा गरेको छु । त्यसैको आधारमा म यति बेला क्षेत्रमा सबै भन्दा अग्र भागमा छु । अहिलेको जनताको माया र साथ हुदाँ पनि मैले निर्वाचन जित्ने छु । दिन दिनै म प्रति जनताको समर्थन बढेको छ । जस्ले म बिजयको नजिक पुगेको महसुस गर्दै छु ।
प्रतिक्रिया