‘बम विस्फोटलाई सलामीका रूपमा लिएको छु’

Puspakamal-Dahalधनगढी, २८ कात्तिक । धनगढीको चुनावी सभालाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कैलालीमा यसपटक पनि ‘छक्का’ हान्ने दाबी गरेका छन् ।

छ वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा अघिल्लो पटक एमाओवादीले छ वटै निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको थियो । सेती–महाकाली राष्ट्रिय जागरण अभियानअन्तरगत सोमबारदेखि कैलालीका छ वटै निर्वाचनमा आयोजना गरिएको चुनावी सभामा सहभागी भएका दाहालले भने, ‘जनताको एमाओवादीप्रति आसभरोसा तथा उत्साह देख्दा यसपटक पनि छक्का हान्नेछौँ ।’
एक अर्को प्रसंगमा उनले नेकपा–माओवादीले बन्दको घोषणा गरेर आफूलाई कुनै असर नपरी उल्टै फाइदा भएको बताए । आफूलाई लक्षित गरी गराएको बम विस्फोटप्रति लक्षित गर्दै उनले त्यसबाट आफू कत्ति पनि बिचलित नभएको बताउँदै विस्फोटलाई आफूले आफ्नो सम्मानका लागि चढाएको सलामीकोरुपमा लिएको बताए ।
बैद्य माओवादी संघीय लोकतन्त्र र संविधानसभाको माग छोडी यसका बिरोधीहरुसाग मिलेर कुबाटोमा लागेको उनको भनाइ थियो । बैद्यजीहरुको आमहड्ताल बन्द तथा अन्य बिरोधका कार्यक्रमले चुनावलाई कुनै असर नपर्ने र घोषीत मितिमा चुनाव भएरै छाड्ने उनले ठोकुवा गरे ।
‘यसअघिको संविधानसभामा एमाओवादीको स्पष्ट बहुमत नआएकोले विकास निर्माणका काम तथा संविधान बन्न नसकेको हो,’ दाहालले भने, यसपटक एमाओवादीप्रति जनलहर बढेर आएकोले दुई तिहाइ बुहमत ल्याएर एकवर्षभित्र संविधान जारी गर्नेछ ।’
नेपाली कांग्रेसले राजा महेन्द्रसँग गलत सम्झौता गरेर जनताको संवैधानिक अधिकार छिन्ने काम गरेको हुनाले कााग्रेस त्यहीबाट ओरालो लाग्यो र कांग्रेसको रुख खोक्रो भइसकेको ले त्यही आफ्नै रुख ढलेर कांग्रेस किच्चिएको बताउँदै उनले भने एमालेलाई पनि नेपाली जनताले एकपटक हेर्न नखोजेका होइन् तर एमाले बैचारिक ढंगले बिचलित, राजनीतिक ढंगले अवसरवादी भएर जनताको भरोसा त बचाउन सकेन्, आफ्नै जल्दोबल्दो नेता मदन भण्डारीलाई पनि बचाउन नसकेर त्यहीबाट पतन भएको बताए ।
सुदूरपश्चिम अखण्ड वा थारुवान के हुनुपर्छ भनेर राखेको पत्रकारको जिज्ञासामा प्रचण्डले यसबारे पछि पनि छलफल गर्न सकिने र यसक्षेत्रका जनताको भावनाअनुसार हुनुपर्ने बताए ।
दाहाललाई लक्षित गरी बम विस्फोट
धनगढी : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी कञ्चनपुरमा बम विष्फोट गराइएको छ ।
कञ्चनपुरको बेलौरीमा चुनावी सभा सम्बोधन गर्न जाने क्रममा बुधबार विहान प्रचण्डलाई लक्षित गरेर अपरिचित समूहले बम बिस्फोट गराएको कञ्चनपुर प्रहरी कार्यालयले जनाएको छ । बम कसले बिस्फोट गराएको हो भन्ने बारे केही खुल्न सकेको छैन् । ठूलो आवाजसहित बिस्फोट गराइएको बमबाट अध्यक्ष दाहाल सवार गाडीमा कुनै क्षति भएको छैन ।
कलुवापुर–बेलौरी सडकखण्डअन्तर्गत कालागौडी भन्ने स्थान नजिक बम बिस्फोट भएको हो । बम बिस्फोट भएको करिब ५ सय मिटर नजिक नेपाली सेनाको चााददेउ चेकपोष्ट छ । सडकको ५/७ मिटर छेउमा राखिएको बम बिष्फोट गराउन ४/५ सय मिटर तार जोडिएको थियो । सुरक्षास्रोतकाअनुसार अध्यक्ष प्रचण्डलाई लक्षित गरी सुनियोजित तवरले बम राखेर बिस्फोट गराएपनि कुनै क्षति भने भएको छैन् । बिष्फोट गराउनेहरुको खोजी तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सवार गाडी पुग्नु भन्दा झण्डै ३ सय मिटर टाढा बम बिस्फोट भएको दाहालसागै रहेका महेन्ऽनगरका पत्रकार यादव ओझाले जानकारी दिएका छन् ।
यसैगरी प्रचण्डले सम्बोधन गरेको धनगढीस्थित पार्कमोडको चुनावी सभा नजिक रहेको वनदेबी मन्दिरमा पनि शंकास्पद वस्तु भेटिएको थियो । चुनावी सभा सकिएपछि नेपाली सेनाको टोलीले निस्क्रिय पारेको उक्त वस्तु हर्लिक्स्को डिब्बाभित्र माटो भरेर कपडाले बेरेर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रचण्डको गाडीलाई लक्षित गरी बम विष्फोट भए पनि प्रचण्डले पूर्वनिर्धारित बेलौरीको चुनावी सभालाई सम्बोधन गरेका थिए । बेलौरी पछि धनगढीको चुनावी सभालाई सम्बोधन गरी प्रचण्ड बुधबारै राजधानी फिर्ता भए ।

प्रतिक्रिया