दाहाललाई लक्षित गरी बाटोमा बम विष्फोट

Puspakamal-Dahalधनगढी, २७ कात्तिक । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरी कञ्चनपुरमा बम विष्फोट गराइएको छ ।

कञ्चनपुरको बेलौरीमा चुनावी सभा सम्बोधन गर्न जाने क्रममा आज (बुधबार) विहान दाहाललाई लक्षित गरेर अपरिचित समूहले बम बिस्फोट गराएको प्रहरी कार्यालयले जनाएको छ ।

बम कसले बिस्फोट गराएको हो भन्ने बारे केही खुल्न सकेको छैन् । ठूलो आवाजसहित बिस्फोट गराइएको बमबाट अध्यक्ष दाहाल सवार गाडीमा कुनै क्षति भएको छैन ।

कलुवापुर–बेलौरी सडकखण्डअन्तर्गत कालागौडी भन्ने स्थान नजिक बम बिस्फोट भएको हो । बम बिस्फोट भएको करिब ५ सय मिटर नजिक नेपाली सेनाको चाँददेउ चेकपोष्ट छ ।

‘एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सवार गाडी पुग्नु भन्दा झण्डै ३ सय मिटर टाढा बम बिस्फोट भएको हो,’ सँगै रहेका महेन्द्रनगरका पत्रकार यादव ओझाले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी कार्यालयले जनाएको छ । बम विष्फोट भए पनि अध्यक्ष दाहाल चुनावी सभालाई सम्बोधन गरेर धनगढी फिर्ता भई सकेका छन् ।

प्रतिक्रिया