काठमाडौं, २६ कात्तिक । एमाओवादी नेतृ हिसिला यमीले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको यातायात बन्दलगायतका कार्यक्रमको प्रतिकार गर्न आग्रह गरेकी छन् ।
काठमाडौंको बाङ्गेमुढामा आज (मंगलबार) आयोजित चुनावी कार्यक्रममा यमीले नेकपा–माओवादीका सबै आन्दोलनका कार्यक्रम विफल बनाउनु पर्ने बताईन् ।
उनले नेकपा–माओवादीको यातायात बन्द र आमहड्तालको एमाओवादीले सडकमा उत्रेर प्रतिकार सुरु गरीसकेको बताईन् ।
‘संघीयता बिरोधी ३३ दलीय मोर्चाको यातायात बन्दको कार्यक्रम बिफल बनाउनु पर्छ,’ उनले भनिन्, ‘नेकपा–माओवादी र ३३ दलीय मोर्चाको शसक्त प्रतिकार गरेर कार्यक्रम निष्तेज बनाउनु पर्छ ।’
यसैबीच, नेतृ यमीले नेकपा–माओवादी र ३३ दलीय मोर्चालाई संघीयता विरोधीको आरोप लगाएकी छन् । ‘नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चा अग्रगामी संविधान र संघीयताविरोधी हुन्,’ उनले भनिन् ।
प्रतिक्रिया