चितवनमा यात्रु बसमा आगजनी

Chitwan District 1चितवन, २६ कात्तिक । यातायात बन्द अबज्ञा गरेको भन्दै नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चितवनमा यात्रुबाहक बसमा आगजनी गरेका छन् ।

आगजनीका कारण बसमा पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । सर्लाहीबाट काठमाडौं जाँदै गरेको ना ४ ख ४७३४ नम्बरको बसमा सोमबार राति ३३ दलीय मोर्चाका कार्यकर्ताले आगो लगाई दिएका हुन् ।

यातायात बन्दकर्ताले नरायणगढ–मुग्लिन सडकखण्डको जुगेडामा बसलाई रोकेर आगजनी गरेको यात्रुले जनाएका छन् । यात्रु झर्न नपाउँदै बन्दकर्ताले आगजनी गरे पछि भागदौड मच्चिएको थियो ।

प्रतिक्रिया