काठमाडौं, २६ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वाने गरेको यातायात बन्दको राजधानीमा आंशिक प्रभाव परेको छ ।
उच्च सुरक्षा सतर्काताका कारण आज (मंगलबार) सवारी साधन चलेको प्रहरीको भनाई छ । महानगरीय ट्राफिक प्रहरी रामशाह पथले राजधानीमा बीस प्रतिशत सवारी साधन चलेको जनाएको छ ।
राजधानीका सडकमा सुरक्षा निकायको बाक्लो उपस्थिति छ । प्रदर्शनकारी सडकमा नदेखिए पनि अकस्मात आएर सवारी साधनमा आक्रमण गर्ने गरेको प्रहरीले जनाएको छ ।
यसैबीच, ललितपुरको कुमारीपाटीमा यात्रुबाहक मोइक्रोबसमा पेट्रोल बम प्रहार हुँदा एक बालक घाईते भएका छन् । बा १ ज ६२८८ नम्बरको मोइक्रोबसमा पेट्रोल बम आक्रमण आभिषेक लामा घाईते भएका हुन् । घाईते लामाको अल्का अस्पतालमा उपचार भई रहेको छ ।
त्यसै गरी काठमाडौंको कपुरधारामा प्रहरीले एककिलो विष्फोटक पदार्थ फेला पारेको छ । सो विष्फोटक पदार्थ ल्याउने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । कलंकीस्थित खसी बजारमा पनि प्रहरीले शंकास्पद बस्तु फेला पारेको छ ।
उता, काठमाडौंको बानेश्वरसहितका विभिन्न स्थानमा ३३ दलीय मोर्चाका कार्यकर्ताले आधा दर्जन बढी ट्याक्सीमा तोडफोड गरेका छन् । यातायात बन्दको अवज्ञा गरेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले ट्याक्सीमा तोडफोड गरेको मोर्चाले जनाएको छ ।
यातायात बन्दकर्ताले केही मोटरसाईकलमा पनि तोडफोड गरेका छन् । उनीहरुको तोडफोडका कारण मोटरसाईकलमा क्षति पुगेको छ ।
यता, भक्तपुरमा नेकपा–माओवादीका कार्यकर्ताले अरनिको यातायातको बस जलाएका छन् । बन्दको अवज्ञा गरेकोआरोपमा उनीहरुले बस जलाएको जनाएका छन् ।
तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना बन्दकर्ता समर्थकलाई पक्राउ गरेको छ ।
प्रतिक्रिया