‘नाई नभन्नु ल-२’ मा वर्षालाई ब्रेक

Barsha-siwakotiकाठमाडौं : सफल निर्देशकको रूपमा चिनिएका विकाश आचार्यले छायाँकनरत चलचित्र ‘नाइ नभन्नु ल २’ मा नयाँ अभिनेत्री भित्र्याएका छन् । ‘नाइ नभन्नु ल’ चलचित्रमा ऋचा सिंह ठकुरीलाई ब्रेक दिएका विकासले ‘नभन्नु ल २’ मा वर्षा सिवाकोटीलाई ब्रेक दिएका छन् ।
बाल कलाकार सुज्ञानी भट्टराईलाई समेत नयाँ अनुहारको रूपमा पर्दामा ल्याउन लागेका
कारण वर्षाको भूमिकाबारे अहिले केही भन्न नसक्ने निर्देशक आचार्यले बताएका छन् । बिबिए दोस्रो बर्षमा अध्ययनरत वर्षाले प्रशन्न पौडेलको निर्देशनमा रहेको चन्दा घिसिङ राईको म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । वर्षा र सुज्ञानीसँगै यस चलचित्रमा अभिनेत्री प्रियंका कार्की, अभिनेता सुरज सिंह ठकुरी, अनुभव रेग्मी, जीवन लुईटेललगायतको अभिनय रहेको छ । (सौस)

प्रतिक्रिया