काठमाडौ । पछिल्लो समयमा रियालिटी सोबाट आएका कलाकारहरू सक्रिय रूपले अगाडि बढिरहेका छन् । रियालिटी सो खोजि प्रतिभाको सिजन १ को टप ३ सुमन सरगम पनि गायन क्षेत्रमा निकै सकृय रूपले लागिरहेका छन् ।
पछिल्लो समय सुमन पनि पहिलो एल्वम ल्याउनमा निकै व्यास्त रहेका छन् । यससँगै गायक सुमन विभिन्न कार्यक्रमहरूमा पनि व्यस्त रहेको बताउछन् । उनको ‘म कुनै हतारमा छैन’ बोलको गीत विद्यबासिनी म्युजिक अवार्डमा वेस्ट आर्टिस्ट पप एण्ड मोर्डन विधामा नोमिनेशनमा परेको सौर्यलाई बताए ।
खोजि प्रतिभाको सिजन १ मा टप ३ भएपछि सांगीतिक करियर सुरु गरेका सुमनले करिव ५ वर्षको सांगीतिक अध्ययन पश्चात पहिलो एल्वम ल्याउन लागेका हुन् । एल्वमको तयारी सकिएको र एल्वम विमोचन हुन बाँकी रहेको गायक सुमनले सौर्यसँगको कुराकानीमा बताए । एल्वमको तयारी करिब १ वर्ष अगाडिदेखि गरिरहेको सुमनले बताए । भने– ‘जतिसुकै गायनमा अगाडि रहे पनि सबैभन्दा ठूलो कुरा आर्थिकले गर्दो रहेछ ।’
उनले एल्वमको तयारीको बारेमा बताउँदै भने, ‘खोजिप्रतिभाको फाइनलमा मेरो पर्फमेन्स हेरेर, लन्डनमा बस्नुहुने विश्वकाजि राईले भोकल मनपराउनु भएपछि मलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउनु भएको थियो । त्यसबेला उहाँले आफू फ्यान रहेको बताउनु भएको थियो ।’ सुमनका अनुसार विश्वकाजिले नै उनलाई गित रेकर्डिङ गराउन आर्थिक सहयोग गरेका थिए । ‘म कुनै हतारमा छैन’ बोलको गीत रेकर्डिङ भएपछि गीत सोचेकोभन्दा सफल भयो । र यही गीत सुनेर, लण्डनबाटै अन्य गीत रेकर्डिङ र भिडियोका लागि आर्थिक सहयोग प्राप्त भएपछि एल्वको तयारी भयो । निकै भावुक हुँदै सुमनले एल्वमको तयारी बारेमा बताए ।
पाँच गीत समावेश एल्वमको नाम भने गायक सुमनले ‘सरगम’ जुराएका छन् । पहिलो एल्वमको नाम सरगम नै राख्नुको कारण बताउँदै सुमन भन्छन्– ‘संगीतलाई सरगम भनेर बुझिने र आफ्नो नामसँग पनि मेल खाने भएकाले एल्वमको नाम सरगम राखेको हु ।’ एल्वममा महेश खड्का, सुरेश अधिकारी, बिबी अनुरागी र गायक स्वयमकै संगीत रहेको छ । एल्वममा विश्वकाजि राई, निलम आम्बुहाङ (राई), रञ्जना राई लगायतको शब्द रहेको छ ।
प्रतिक्रिया