युवक मृत भेटिए

दैलेख २६ कात्तिक । दैलेखको उत्तरी क्षेत्रमा रहेको कालिका गाविस वडा नं. ४ को लोहोरे खोलामा कालिका ७ का दलबहादुर बुढा मगर मृत अवस्थामा भेटीएका छन् । आईतवार सााझ चार जनावीच मदिरा सेवन गरि झगडा परेको र झगडा पश्चात बिहान उनी मृत भेटीएको स्थानीयले बताएका छन् ।

घटनावारे प्रहरीले अनुसंन्धान गरिरहेको र मृतकको शव पोष्टमार्टमका लागि दैलेख लगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । उनीसाग रहेका अन्य तीन जना भागेको स्थानीय वासिन्दाले बताएका छन् ।

प्रतिक्रिया