खोटाङ : खोटाङमा सोमबार एक युवतीको शव बेवारिसे अवस्थामा फेला परेको छ । सदरमुकाम दिक्तेल–१ स्थित वाईसिएलडाँडामा अन्दाजी २० वर्षीया गोमा खतिवडाको शव फेला परेको हो ।
गोमाको मृत्युको कारण खुल्न नसकेको खोटाङ जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक गोबिन्द साहले बताए । युवतीको शव घोप्टिएको अवस्थामा फेला परेकाले शंकास्पद रहेको साहको भनाइ छ । उनको साथमा एक थान मोवाइल र एक थान झोलासमेत रहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । उनी वर्ष दिनअघि नेर्पा–९ स्थित कुमार सुवेदीसाग वैवाहिक बन्धनमा बााधिएकी थिइन् । उनका श्रीमान बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेको पारिवारिक श्रोतले जनाएको छ ।
प्रतिक्रिया