साझालाई आम हड्तालले प्रभाव परेन

Sajha-Yatayatकाठमाडौं, २५ कात्तिक । नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्वान गरेको आम हड्तालको बेवास्ता गर्दै साझा यातायातले राजधानीमा आफ्नो सेवा दिएको छ ।

सदाझैं साझा यातायातले आफ्ना नियमित रुटमा आठ–आठ वटा बसहरु सञ्चालनमा ल्याएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ । बसमा सुरक्षाकर्मी राखेर सञ्चालन गरिएको थियो ।

साझा यातायातको आग्रह पछि बसमा सुरक्षाकर्मी राखिएको प्रहरी भनाई छ । बसमा यात्रुको चाप अत्याधिक छ । अन्य सार्वजनिक यातायातका साधन नचले पछि साझा यातायातले आफ्नो सेवा नियमित रुपमा दिएको हो ।

साझा यातायात उपत्यकामा २ रुटमा चल्ने गर्छ । कलंकीबाट कालिमाटी, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, सिनामंगल हुँदै एयरपोर्टसम्म र लगनखेलबाट जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, लैनचौर, महाराजगञ्ज हुँदै नयाँ बसपार्क नियमित रुट हुन् ।

प्रतिक्रिया