दोलखामा दुई वटा बसमा आगजनी

mao fदोलखा, २५ कात्तिक । ३३ दलीय मोर्चाको आमहड्ताल अबज्ञा गरेको भन्दै नेकपा–माओवादीका कार्यकर्ताले दोलखामा दुई वटा बसमा आगजनी गरेका छन् ।

नेकपा–माओवादीका कार्यकर्ताले अरनिको यातायता सेवा समितिका दुई वटा बसमा आइतबार मध्यराति आगजनी गरेको प्रहरीले जनाएको छ ।

भीमेश्वर नगरपालिका–२, पाखलतीमा पार्किङ गरी राखिएका २ वटा बसमा नेकपा–माओवादीका कार्यकर्ताले आगजनी गरेका हुन् । मध्यराति आएका नेकपा–माओवादीका कार्यकर्ताले बा २ ख ३५३४ र बा २ ख १८०६ नम्बरका बसमा आगजनी गरेको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले जानकारी दिए ।

आगलागी भन्दा करिब ५० मिटर टाढा दोलखा सिगाटी सडकमा नेकपा–माओवादीका कार्यकर्ताले शंकास्पद बस्तु पनि राखेका थिए । शंकास्पद बस्तु नेपाली सेनाको बर्दबहादुर गण चरिकोटको टोलीले आज (सोमबार) बिहान साढे सात बजे निष्क्रिय पारेको छ ।

लामोसाँघु जिरी सडकखण्ड अन्तर्ग चरिकोट आयल स्टोर अगाडि राखिएको शंकास्पद बस्तु समेत सेनाले निष्क्रिय बनाएको छ ।

प्रतिक्रिया