काठमाडौं, २५ कात्तिक । यस वर्ष फूलको कारोबरमा दोबबर बृद्धि भएको छ । दसैं, तिहार, छठलगायतकामा फूलको अत्याधिक मत्रामा कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) ले जनाएको छ । गत वर्ष तिहार, छठ पर्वमा करिब तीन करोडको कारोबार भएकोमा यस वर्ष पाँच करोड कारोबार भएको फ्यानले जनाएको छ ।
यस वर्ष संविधान सभाको निर्वाचन पनि परेकाले सयपत्री फूलको माला विशेष बिक्री भएको एसोसिएसनका अध्यक्ष लोकनाथ
गैरेले जानकारी दिए । फूल व्यवसायी तथा विभिन्न नर्सरीले यस समयलाई लक्षित गरेर ठूलो परिमाणमा विभिन्न किसिमका फूल उत्पादन गर्ने गर्दछन् । उनका अनुसार यसवर्ष फूल तथा मालाको माग तथा मूल्य बढेकाले कारोवारमा वृद्धि आएको बताए । यसपटक नेपाली उत्पादनमा वृद्धि भई आयात १० प्रतिशतमा झरेको हुँदा सो क्षेत्रमा नेपाल आत्म निर्भर बन्दै गएको बताए ।
नेपालमा पुष्प तथा पुष्पजन्य बस्तुको मागमा प्रत्येक बर्ष १० देखि १५% को दरले बृद्धि भईरहेको र यससंग संबन्धित उद्योगहरु पनि क्रमश: विस्तारित भईरहेका छन् । हाल सम्म ३६ जिल्लामा लगभग छ सय ३५ पुष्प फर्म/नर्सरीहरुबाट एक सय २० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय फैलिएको छ । त्यस्तै ४० हजार भन्दा बढि परिवारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ । आ.व २०६९/७० मा लगभग १० करोड बराबरको पुष्पजन्य बस्तु बिदेश निर्यात भएकोमा यस बर्ष पनि सोहि हाराहारीमा पुष्प तथा पुष्पजन्य बस्तुको निर्यात भएको छ । (सौस)
प्रतिक्रिया