आगलागीबाट दुई लाख क्षति

खोटाङ : आइतबार खोटाङमा आगलागी हुादा करिब दुई लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । सोलारको ब्याट्रीबाट मध्यान्न १२ बजेतिर सल्किएको आगोले जिल्लाको दक्षिणी गाविस दिप्लुङ्–५ का हर्कबहादुर राईको घर जल्दा नगद १५ हजारसहित दुई लाख बराबरको क्षति भएको हो । दिउसोको समयमा आगलागी भएकाले स्थानीयको सहयोगमा तत्कालै आगो नियन्त्रण लिन सफल भएपछि मानवीय क्षति भने नभएको स्थानीय जीवन राईले जानकारी दिए । उनका अनुसार हर्कबहादुरको घर तथा घरमा भएका अन्नपात, लत्ताकपडा, भााडाकुाडा, काठपात भने जलेर पूर्णरुपमा नष्ट भएको छ । (सौस)

प्रतिक्रिया