इलाम, २५ कात्तिक । कांग्रेस इलाम क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार भेषराज आचार्यले सबै जातजातीको प्रतिनिधित्व हुने संविधान निर्माण गर्न कांग्रेस मात्र सक्षम रहेको दाबी गरेका छन् ।
नेता आचार्यले एकतप्पा गाविसमा चुनावी सभालाई सम्बोध गर्दै सबै क्षेत्र वर्ग र जातको पहिचान समेटेको संविधान निर्माणका लागि काग्रेसले बहुमत पाउनुपर्ने बताएका हुन् । उनले राँके–रवि–चिसापानी सडकलाई आफु विजयी भएपछि कालोपत्रे गर्ने प्रतिबद्धता पनि जनाए । रविलाई केन्द्र बनाएर व्यवस्थित बजारको विकासमा पहल गर्ने आश्वासनसमेत उनले दिएका थिए ।
‘म यस क्षेत्रमा किरातीहरुको अध्यन, अनुसन्धान केन्द्र स्थापना गर्ने योजनासहित चुनावमा होमिएको छु,’ उनले भने, ‘यस क्षेत्रमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि पहल गर्नेछु ।’
क्षेत्र नम्बर २ मा आचार्यसँगै एमालेबाट सुवास नेम्बाङ, एकीकृत माओवादीबाट रमेशकुमार लिङ्देन, संघीय समाजवादीबाट विनोदकुमार नेम्बाङलगायत चुनावी मैदानमा छन् ।
प्रतिक्रिया