शान्तिपूर्ण वातावरणमा चुनाव हुन देउ : देउवा

Sher bahadur Deuba 1कञ्चनपुर, २४ कात्तिक । कांग्रेस नेता शेरबहादुर देउवाले संविधानसभा चुनाव शान्ति पूर्ण वातारणमा हुन दिनुपर्ने बताएका छन् ।

कञ्चनपुरमा आज (आइतबार) नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले नेकपा–माओवादीले शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न हुन दिनु पर्ने बताए । ‘चुनाव शान्ति पूर्ण रुपमा सफल बनाउने दायित्व सबैको हो,’ उनले भने ।

उनले चुनाव शान्ति पूर्ण रुपमा सम्पन्न हुन दिए नेकपा–माओवादीलाई आगामी सरकारमा सामेल गराउन सकिने बताए ।

नेता देउवाले कांग्रेसले मात्रै मुलुकलाई लोकतान्त्रिक संविधान दिन दोहर्‍याए । ‘विगतको चुनावमा कांग्रेस हार्दा संबिधान बन्न सकेन,’ उनले भने, ‘यसपाली कांग्रेसले बहुमत ल्याउनु पर्छ ।’

प्रतिक्रिया